सांकेतिक चित्रः गुगल ।


हेटौंडाः मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–२ स्थित सिमखोलामा सुमो दुर्घटना हुँदा सुमो चालकको मुत्यु भएको छ । आइतबार दिउँसो साँढे १२ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २१२४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

मृत्यु हुने चालकको पहिचान हुन सकेको छैन । सुमोमा चालकसहित ५ जना सवार रहेका थिए । सुमोमा सवार ४ जनामध्ये १ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । गम्भिर घाइते हुनेमा भारत विहारमा बस्ने १८ बर्षिय शिवशक्ति कुँवर रहको छ । ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरु सबैको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक दासले बताउनुभयो ।