फाइल तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा २४ घण्टाको अवधिमा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा ८४ जनामा गरिएको गरिएको पिसिआर परीक्षणमा २९ जना पोजेटिभ देखिएको छ । यस्तै १०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १६ जना पोजेटिभ देखिएको छ ।

शनिबार दिउँसोसम्ममा मकवानपुर जिल्लामा एक हजार एक सय १७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये संस्थागत आइसोलेसनमा ५६ जना बसेका छन् भने एक हजार ६१ जना होम आइसोलेसनमा बसेका छन् ।

यसैबीच हालसम्म मकवानपुर जिल्लामा कोभिड–१९ को पहिलो मात्रा भ्याक्सिन लगाउनेको संख्या ९३ हजार ९ सय ७४ जना पुगेका छन् भने हालसम्म कोभिड–१९ को पूर्ण खोप लगाएकाको संख्या ३८ हजार ६३ जना पुगेको छ ।