फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट सोमबार ९८ जनाको स्वाब संकलन भएको छ । ५६ जना महिला र ४२ जना पुरुषको स्वाब नमूना संकलन गरेर कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।

सोमबार स्वाब संकलन गराउनेको संख्यामा कमी आएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार ९८ जनाको मात्र स्वाब संकलन भएको हो । पछिल्लो केही दिनमा १ सय भन्दा बढी संख्यामा स्वाब नमूना संकलन हुँदै आएको थियो ।