सांकेतिक तस्वीर ।


हेटौंडाः कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा सोमबार २ जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको आज सोमबार मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभयो ।

सोमबार बिहान १० बजेर ३५ मिनेटमा हेटौंडा १५ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ भने ११ बजेर ५० मिनेटमा हेटौंडा–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै हेटौंडा अस्पतालमा उपचारको क्रममा हालसम्म १ सय ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।