शरीर र मनको अन्तरसम्बन्ध नजिकको छः डाक्टर हेरोल्ड स्ट्रेटफिल्डको निरीक्षण र निश्कर्ष के हो भने, हामीले सबै भावनाहरुको असर आफ्नो शरीरमा पनि अनुभव गरेका हुन्छौ“ ।जब दुःखमा हुन्छौ“ तब “घाँटीमा केही अड्केको छ भन्छौ,” डराएको समयमा“पेटमा झस्को लागेको छ” भन्छौ“ । रिसाएको समय “मेरो रगत तातिरहेको भन्छौ“ । निराश भएको अवस्थामा मेरो मुटु डुबिरहेको जस्तो लाग्छ इत्यादि ।
मन र शरीरको परस्पर निर्भरताको कारणः यो शरीरले मनलाई र मनले शरीरलाई प्रभावित गर्ने कार्यका माध्यम छन् हाम्रा अंतःस्त्रावी ग्रन्थीहरु ।यी ग्रन्थीहरुका रसहरुलाई हार्मोन भनिन्छ । ग्रन्थिरस सिधै“ रगतमा ( बिना नलिका वा वाहिनीको) मिसाइन्छ । ति रासायनिक पदार्थहरु नै शरीरमा आउने परिवर्तनका मूल कारण हुन् । शरीरमा विभिन्न प्रक्रियाहरु — वृद्धि,पाचन, उर्जास्तर, तापमान,कामुकता इत्यादि मात्र होइन,तर मनका थरीथरी बिचार र भावना—संवेदनाहरुको लागिपनि यी हार्मोन(ग्रन्थिरस)हरु मै उत्तरदायी छन् ।
हार्मोनको वैज्ञानिक अनुसन्धानः स्वीडेनको स्टकहोममा डाक्टर लेनार्ड लेभीले गरेका प्रयोग अनुसार प्रथम एउटा समूहका व्यक्तिहरुको (स्वयंसेवक) मुत्रमा रहेको हार्मोनहरुको प्रमाण र प्रकारको विश्लेषण गर्नुभयो । पछि उनीहरुलाई एउटा फिल्म हेराएको थियो,जुन सामान्य यात्रा—प्रवासको वृत्तचित्र थियो । यसले उनीहरुमा कोही खासै प्रतिक्रिया भावनात्मक स्तरमा थिएन । त्यसपछि जम्मा गरेका पिशाबको नमुनामा विशेष परिवर्तन पाइएन । त्यसपछि उनीहरुले एकपछि एक भयानक एक हास्यचित्र र युद्ध विभिषीका वृक्तचित्र हेरेको मूत्रका नमुनाहरुमा धेरै हार्मोनका परिवर्तन विश्लेषण विवरणमा पाइएको थियो । अर्थोत यी फिल्महरुमा डर,हर्ष,दुख जस्ता भावनात्मक विचलनहरुबाट निश्चित प्रकारका ग्रन्थी परिवर्तन ल्याएको प्रमाणित हुन्छ ।
भावनाहरुमा ग्रन्थिरसको प्रभावः रगतमा अंतस्रावी ग्रन्थिहरुका स्राव(हार्मोन)हरुको वास्तवमा गहिरो असर हाम्रो मानसिक क्षमता,स्वभाव विचलन र भाव—भावनीक विचलन वा प्रकृतिमा पर्छ । विभिन्न ग्रन्थिहरुका कम वा बढी रसस्राव निस्कनेमा हाम्रो भावनात्मक र वैचारिक असन्तुलन वा सन्तुलन निर्भर गर्छ । उदाहरणको लागी घाँटीमा रहेका थायोराइड हार्मोन थाइरोक्सीन पूर्णतः सामान्य व्यक्तिलाई उत्तेजित र आक्रामक,नरभस बनाउँछ । प्रयोगशालामा एउटा मुसालाई यस हार्मोनको इन्जेक्सन पछि बिरालोलाई नडाराउने खालको बनाएको पाइन्छ ।महिलाहरुमा महिनावारीको समय (अण्डा निस्कने बेला) धेरै आशावादी र आत्मविश्वासले भरिपूर्ण पाइन्छ ।जब इस्ट्रोजेन र प्रोजेस्टेरोन स्त्री हार्मोनको स्तर बढेको हुन्छ । र त्यो नै महिला आक्रामक उत्सुक र आशंकायुक्त हुन्छन् । महिनावारी पहिला र मासिक स्राव (मेन्स्ट्रु एकान) को समयमा ।
आत्महत्या र अपराधको साथमा हार्मोनको सम्बन्धः ‘ब्रेन माइण्ड बुलेटीन’ पत्रिकामा अनुुसन्धानात्मक निश्कर्षमा भनेको छ,५७ प्रतिशत महिलाहरुले गरेको आत्महत्या र अपराध महिनावारीको समयमा गरेका पाइन्छ । पुरुषहरुमा पनि एन्ड्रोपोजको. समयमा यस्तै देखिन्छ ।