पुनम खड्का कक्षा–१०, त्रिभूवन मावि हेटौंडा–११, नवलपुर

अहङ्कारले जितेछ त्यो तिम्रो अनुकरणीय बानीमा
सत्ययुगमा पनि लाञ्छना लागेको थियो, त्यो पवित्र ज्ञानीमा
अथाह नहुँदै अधीनस्थ भएछौं, त्यो नमिल्ने अपवादमा
र आज तिरस्कार गर्दैछौं, घमन्डमाथी उठाएको विवाद

पक्षपाती भएछौं तिमी, तँ, ती तिम्रा स्वजनहरु प्रति
दुर्दशामा घस्रँदै छ, ती तिम्रा स्वाभिमानका गति
समृद्ध सम्पन्न होला, ती तिम्रा कलङ्कका गाथाहरु
त्यसैले त परास्त हुँदैछन्, ती तिम्रा शिष्टाचारका नाताहरु

जल्दै छौं, जलाउँदै छौं, आफ्ना ती अस्मिताका ध्वजाहरु
चिथोरी चिथोरी लिन चाहन्छौ रे गरिबी ती मृतकका मज्जाहरु
अन्तर्चिन्तन धस्रिँदै छन् होलान्, थिचोरी ती तिम्रो अभिमानले
भय हुन थालिसकेको छ आजभोलि, भिन्नतायुक्त ती तिम्रा स्वाभिमान

जन्ती नै रहेछ तिम्रो त, ती ठूलो विलासीका इच्छाहरु
कमजोर भएछ दैनिक सुन्छु, माग्दै तिम्रा लागि भिक्षाहरु
भ्यावह लाग्छ सुन्दा तिम्रो, ती असरल्ल परेका आशाहरु
हीनताबोध हुनेछ अहङ्कार माथि तिमीलाई, जब ल्याउने छन् अनगिन्ती निराशाहरु ।