सामाग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः ग्रामीण जागरण तथा विकास संगठन (राडो) नेपालले मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुलाई साढे २१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिएपछि राडो नेपालले विभिन्न समयमा गरेर २१ लाख ५१ हजार ९ सय ५५ रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु विभिन्न पालिकामा पुगेर सहयोग गरेको जानकारी दिएको छ ।

मकवानपुरको थाहा नगरपालिकासहित मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको जनाइएको छ । पीपीई, मास्क, सेनिटाइजर, पञ्जा, पल्स अक्सिमिटर, फेस शिल्ड, साबुनलगायतका स्वास्थ्य सामग्री पालिका प्रमुखलाई नै हस्तान्तरण गरिएको जनाइएको छ ।

राडो नेपालले थाहा नगरपालिकालाई पीपीई ६० थान, पल्स अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, सर्जिकल मास्क ४ हजार थान, फेस शिल्ड ७० थान, थर्मोमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क ३० थान र नेबुलाइजर २ थान प्रदान गरेको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकालाई पीपीई ३५ थान, पल्स अक्सिमिटर १० थान, अक्सिजन रेगुलेटर २ थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, सर्जिकल मास्क ४ हजार थान, स्टिमर १० थान, अक्सिजन मास्क ५० थान, फेस शिल्ड ५० थान, थर्मोमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क ३० थान र नेबुलाइजर २ थान प्रदान गरिएको छ ।

स्वास्थ्य सामग्री वितरणकै क्रममा बागमती गाउँपालिकालाई पीपीई २५ थान, पल्स अक्सिमिटर ९ थान, अक्सिजन रेगुलेटर १ थान, सर्जिकल मास्क २ हजार ५ सय थान, स्टिमर १० थान, फेस शिल्ड ७० थान, थर्मोमिटर ७ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क ३० थान, नेबुलाइजर १ थान, मोनिटर १ थान र सेनिटाइजर (जार) २५ लिटर प्रदान गरिएको राडो नेपालले जनाएको छ । यसैगरी कैलाश गाउ“पालिकालाई पीपीई २५ थान, पल्स अक्सिमिटर ९ थान, अक्सिजन रेगुलेटर १ थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, सर्जिकल मास्क २ हजार ५ सय थान, स्टिमर १५ थान, फेस शिल्ड ७० थान, थर्मोमिटर ७ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क ३० थान, नेबुलाइजर १ थान, डिटोल साबुन १ सय ५० थान र सेनिटाइजर (जार) २५ लिटर प्रदान गरिएको छ ।

मनहरी गाउँपालिकामा पीपीई ६० थान, पल्स अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, सर्जिकल मास्क ४ हजार थान, ईसीजी मेसिन १ थान, स्टिमर १० थान, फेस शिल्ड ७० थान, थर्मोमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क ३० थान र नेबुलाइजर २ थान प्रदान गरिएको जनाइएको छ । कार्यक्रमअन्तर्गत् नै भीमफेदी गाउँपालिकामा पीपीई ५० थान, पल्स अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, सर्जिकल मास्क ४ हजार थान, स्टिमर १० थान, फेस शिल्ड ७० थान, थर्मोमिटर ७ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइप्रोक्लोराइड १० लिटर, पञ्जा ५ सय थान, एन ९५ मास्क २५ थान र नेबुलाइजर २ थान प्रदान गरेको छ ।

पहिले नै केही स्वास्थ्य सामग्री खरिद गरिसकेको अवस्था भएपनि विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीले धेरै नै सहयोग पुर्‍याएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताउनुभएको छ । अबका दिनलाई नगरमा आवश्यक पर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा रहेको उहा“ले जानकारी दिनुभयो । ५ शैयाको कोभिड अस्पताल र २० शैयाको आइसोलेसन सञ्चालन गरेको थाहा नगरपालिकामा १० जना संक्रमित आइसोलेसनमै उपचाररत रहेका छन् भने अन्य सामान्य अवस्थाका बिरामी आवश्यक समन्वयमा होम आइसोलेसनमा बसेको पनि उहाँले बताउनुभयो ।

राडो नेपालले प्रदान गरेको स्वास्थ्य सामग्रीलाई मकवानपुरगढी गाउँपालिकाको १५ शैयाको कोभिड अस्पताल तथा हरेका वडामा स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको गाउँपालिका अध्यक्ष बिदूूर हुमागाईंले जानकारी दिनुभयो । राडो नेपाललगायतका संस्था तथा जिल्ला स्वास्थ्य कार्यालयबाट सहयोग प्राप्त नभएको भए यी सबै सामग्री किन्न गाउँपालिकाले ठूूलो स्रोत खोजी गर्नुपर्ने भएपनि सहयोगका कारण सहज भएको उहाँको भनाई रहेको छ ।

स्वास्थ्य कार्यालयलाई पनि साढे सात लाखको सामग्री
राडो नेपालले स्वास्थ्य कार्यालय मकवानपुरलाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाले स्वास्थ्य कार्यालयलाई आवश्यक सहजीकरणका लागि भन्दै ७ लाख ५५ हजार ४ सय ६१ रुपैयाँ ५० पैसा बराबर मूूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । पालिकालाई प्रदान गरेको साढे २१ लाख रुपैयाँको स्वास्थ्य सामग्रीबाहेक थप साढे ७ लाखको सामग्री प्रदान गरिएको बताइएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरलाई पीपीई ७५ थान, डेड बडी ¥यापिङ ब्याग २५ थान, एन्टिजेन किट २ सय थान, भीटीएम १ हजार थान, एन ९५ मास्क ८५ थान, फेस शिल्ड २ सय ५० थान, पञ्जा १ हजार ५ सय थान, स्प्रे पम्प ५ थान र सेनिटाइजर २५ लिटर प्रदान गरिएको राडो नेपालले जनाएको छ । राडो नेपालबाट प्राप्त तथा नेपाल सरकारबाट प्राप्त हुन आएका स्वास्थ्य सामग्रीहरुलाई जिल्लाका सबै पालिकाहरुमा वितरण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
यसबाहेक अन्य विभिन्न संघसंस्थाहरुबाट समेत सहयोग प्राप्त भएको उहाँको भनाई रहेको छ । विभिन्न संघसंस्थाहरुबाट प्राप्त सहयोगले पनि संक्रमण व्यवस्थापनमा धेरै नै सहयोग मिलेको प्रमुख उपाध्यायले बताउनुभयो ।