फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः आर्थिक वर्ष २०७८/०७९ का लागि हेटौंडा उपमहानगरपालिकाले तयार पारेको बजेट सर्वसम्मतिले पारित भएको छ । मंगलबार भएको नवौं नगरसभाको बन्द सत्रमा हेटौंडाको आगामी आवको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको हो ।

गत असार १० गते हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नु भएको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट मंगलबार बसेको नगरसभाले पास गरेको छ । यस्तै सोही दिन पेश गरिएको आर्थिक ऐन–२०७८ र विनियोजन ऐन–२०७८ पनि सभाले पारित गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतको सभाध्यक्षतामा भएको नगरसभामा ११ जना सभासद्हरुले आफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो ।