खाद्यान्न सामाग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मदिरा व्यवसायी संघ मकवानपुरले हेटौंडास्थित मानवसेवा आश्रमलाई शुक्रबार खाद्यान्न सहयोग गरेको छ । मानवसेवा आश्रममा खाद्यान्न अभाव भएको भन्ने जानकारीपछि ३१ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको मदिरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष सर्मेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्षमणप्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो । मदिरा व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुको समूह शुक्रबार बिहान मानवसेवा आश्रम पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।