हेटौंडाः युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन् । समूह ’ई’ र समूह ’एफ’ को दुई दुई खेलहरु हुनेछ । समूह ’ई’ मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह ’एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।