हेटौंडाः हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा–१४ को ७६ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालको सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । योसहित अस्पतालमा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।
अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । अहिले अस्पतालमा ३३ जना कोरोनाका संक्रमितहरु उपचार गराइरहेका छन् । यसअघिका दिनहरुमा दैनिक ६० जनासम्म अस्पताल उपचार हुँदै आएको थियो ।