हेटौंडाः नेपाल विद्यार्थी संघको महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमा नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, मकवानपुर उद्योेग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउत, नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक लगायतको टोलीले आज पनि राहत वितरण गरेका छन् ।

उनीहरुको समूहले आज हेटौडा–१४ मा ४२ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले निषेधाज्ञाको समयमा समस्या रहेका परिवारलाई प्रतिपरिवार १ बोरा चामल वितरण गर्दे आएका छन् ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महिला विभाग केन्द्रिय सदस्य शर्मीला श्रेष्ठ, शिक्षक संघ मकवानपुरका सचिव विदुर थापा, मकवानपुर तरुण दल सदस्य पेमा लामा, हेटौडा–१४ कांग्रेस सभापति बलराम बल, सचिव एकलाल लामा, युवा व्यवसायी एवम् समाजसेवी गोकुल मोक्तान युवा व्यवसायी रविन्द्र घिमीरे लगायतको उपस्थिति थियो ।