हेटौंडाः कस्मेटिक व्यवसायी संघ नेपाल मकवानपुरको तदर्थ समिति गठन गरिएको छ । सोमबार भएको भेलाले राजदेव बानियाँको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको उपाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ र रामेश्वर दास, महासचिवमा रमेश सापकोटा, कोषाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा प्रदीप रौनियार चयन हुनुभएको छ । यस्तै सदस्यमा पंकज दास बानियाँ, मोहन अग्रवाल, अरमान मिया, बीरबहादुर पौडेल, रोशन ढकाल चयन हुनुभएको छ । संघले राजकुमार न्यौपाने, कृष्ण कटुवाल, कृष्ण अग्रवाल र महेन्द्र राउतलाई सल्लाहकार चयन गरेको छ ।