Home मुख्य समाचार मकवानपुरगढीका दुई स्वास्थ्य संस्थालाई ग्रामिण मकवानपुरको सहयोग

मकवानपुरगढीका दुई स्वास्थ्य संस्थालाई ग्रामिण मकवानपुरको सहयोग

हेटौंडाः ग्रामीण महिला सेवा केन्द्रले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाभित्रको दुई स्वास्थ्य चौकिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मकवानपुरगढी २ नम्बर वडामा रहेको स्वास्थ्य चौकिमा र १ नम्बर वडाको आँपटार स्वास्थ्य चौकिलाई ऐक्जामिनेशन एक थान, गाइनो बेड एक थान, बर्थिङ सेट एक थान, विद्युतीय सक्सन मेशिन १ थान हस्तान्तरण गरेको ग्रामिण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला कार्कीले बताउनुभयो ।

शनिबार उहाँले स्वास्थ्य चौकि परिसरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । मकवानपुरगढी २ नम्बर वडा अध्यक्ष बखान सिं पाख्रिनको प्रमुख आतिथ्यतामा भएको कार्र्यक्रममा गाउँपालिकाका स्वास्थ्य प्रमुख विदुर लामिछानेको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version