खोप लगाउँदै ।

हेटौंडाः गत फागुन र चैत महिनामा कोभिडशिल्ड खोप पहिलो पटक लगाएकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडि रहेको अफिसर्स क्लब हेटौंडामा मंगलबार दोस्रो पटक खोप लगाइएको छ ।

११८ जना पुरुष र ४६ जना महिला गरी १६४ जनाले खोप लगाएको हो । कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकहरुलाई कोरोना भाइरस संक्रमण विरुद्धको दोस्रो पटक कोभिडशिल्ड खोप लगाइएको हो ।