सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ की ३१ वर्षीय महिलाको उपचारको क्रममा गएराति हेटौंडा अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । उनी जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।