हेटौंडाः कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका नागरिकलाई राहत वितरण गरिएको छ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-७, काँकडा बेसीगाउँका अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो ।

हेटौडाको सिद्धार्थ शिशु सदन बोर्डिङ्ग स्कुलबाट २०५४ सालमा एसएलसी पास गर्ने विद्यार्थीहरुको समुह “पहल”को सक्रियतामा खाद्यान्न सहयोग गरिएको हो । खाद्यान्न अभाव भएर जंगली कन्दमुल खान बाध्य उक्त गाउँमा केहिदिन अघि मात्रै विषालु च्याउ खाएर १ जनाको मृत्यू र २ जना बिरामी परेको खबर थाहा पाएपछि आफुहरुले खाद्यान्न सहयोग गरेको “पहल” समुहले बताएको छ ।

गाउँपालिकाको अनुमती लिएर अति विपन्न ४२ परिवारलाई प्रतिपरिवार २० किलो चामल, ५ किलो पिठो, चना, नुन, तेल, मस्यौरा लगायतका खाद्यान्य सामग्री सहयोग गरिएको छ ।