–१–
समय बित्यो
पदचाप सुनेरै
आएन कोही ।
–२–
फक्रियो फूल
जीवनको वागमा
तिमी जो आयौ ।
–३–
मिलेर रोपौं
मनको धरतीमा
प्रेमको बीउ ।
–४–
विषको वर्षा
हरेकको जिब्रोमा
बसी मन्थर ।
–५–
आशाको डुंगा
जिन्दगीको यात्रामा
बहँदो नदी ।
–६–
मिले सन्तोष
मन–उपवनमा
फुल्दछ फूल ।