–१–
जिन्दगीको यात्रामा कतिकति मोड आए ।
यात्राको सिलसिलामा घटाउ र जोड आए ।।
यसरी नै बितेका छन् मेरा हरेक प्रहरहरु ।
पालैपालो सुख दुःख र मिलन बिछोड आए ।।

प्रमिला कोइराला

–२–
नजाने कुनै रात आखिरी हुनसक्छ ।
नजाने कुनै बात आखिरी हुनसक्छ ।।
हालखबर कहिलेकाही सोध्दै गर्नु है ।
नजाने कुनै सास आखिरी हुनसक्छ ।।

–३–
समयको गति सँगसँगै चल्न सिक्दैछु म ।
जता लान्छ जिन्दगीले उतै ढल्न सिक्दैछु म ।।
स्वार्थी यो दुनियाँमा कसको भर परुँ अब ।
आफूमाथि आई लाग्नेलाई छल्न सिक्दैछु म ।।

–४–
केही सपनाहरू थिए टुटेर गए ।
केही आकांक्षाहरु थिए फुटेर गए ।।
आशाको दियो पनि निभ्न लागिरहेछ ।
खुशीका पलहरु थिए छुटेर गए ।।