हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा सार्वजनिक गर्ने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गरी ८२ वटा आधारभूत विद्यालयको परीक्षा सार्वजनिक गर्न लागेको नगर शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभएको छ ।

उपमहानगरले जेठ २० गते भित्र नतिजा तयार गरी नतिजा आईएमइसबाट पठाउन विद्यालयलाई अग्राह गरेको थियो । विद्यालयले कक्षा ८ का परीक्षाको नतिजा एक प्रतिलिपी विद्यालयमा राखेर, एक प्रतिलिपी उपमहानगरलाई पठाएका छन् । बुधबारसम्म विद्यार्थीहरुको नतिजा पठाउन विद्यालयलाई उपमहानगरले अनुरोध गरेअनुसार सबै विद्यालयले पठाएको र तयारी पुरा भएकाले चाडै नतिजा सर्वजनिक गर्ने उहाँले बताउनुभयो ।

प्रयोगात्मक र सैद्धान्तिक गरी कक्षा आठको परीक्षा सार्वजनिक गर्न हेटौंडा उपमहानगरले निर्देशन जारी गरेको थियो । पहिलो त्रैमासिक परीक्षामा १० प्रतिशत, अर्धवार्षिक परीक्षामा ३० प्रतिशत गरी ४० प्रतिशत र आन्तरिक परीक्षा विद्यार्थीको सिकाई व्यवहारमा परिवर्तन ५ प्रतिशत, परियोजना कार्यमा १० प्रतिशत, कक्षा सहभागीता र गृहकार्य १० प्रतिशत, हाजिरी ५ प्रतिशत, सिकाई सम्बद्ध सृजनात्मक कार्य १० प्रतिशत, सह क्रियाकलापमा ५ प्रतिशत, मासिक र एकाई परीक्षामा १० प्रतिशत र अनुशासन ५ प्रतिशत गरी १०० पूर्णाङ्कको आधारमा विद्यार्थीको मूल्यांकनल गरी नतिजा सार्वजनिक हुने भएको हो ।