फाइल तस्बिर

हेटौंडाः मंगलबार साँझ बागमती प्रदेशको मन्त्रीपरिषदको बैठक बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिष्दको बैठकले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम पास गरेको सरकारका प्रवक्ता एवं आथिर्क मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

बैठकमा अन्य कुनै विषयमा छलफल भएन । बागमती प्रदेशको नीति तथा कार्यक्रम यही जेठ २७ गते सार्वजनिक हुँदैछ । बैठकमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल भने उपस्थित हुनभएको थिएनन । उहाँलाई मातृशोक परेकोले उपस्थित नहुनु भएको हो ।