हेटौंँडाः हेटौंँडा–४ स्थिते नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ शनिबार सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित भर्चुअल प्रविधिमार्फत भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भए । ५२ जनाले सहभागिता जनाएको प्रतियोगितामा उप्रेती प्रथम हुँदा सुम्निमा राई द्वितीय हुन सफल भइन् । ३० प्रतिशत फेसबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी दिनुभयो ।
‘सिए (क्रियटिभ आर्ट)’ शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका राजश्व महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भएमा मात्र मानिस स्वस्थ्य रहनेमा जोड दिनुभएको थियो ।
वातावरण प्रदूषण हुदाँ प्रकृतिसँगै मानिसलाई कस्तो असर पुर्याउँछ भन्ने विषयलाई विद्यार्थीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी, वातावरणसम्बन्धी गीत प्रस्तुत विद्यार्थीहरुले गरेका थिए ।