हेटौंडाः बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक प्रदेश संसद सचिवालयमा दर्ता गरेको छ । बिहीबार सामाजिक विकास मन्त्रालयले सो विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।
यसअघि बागमती प्रदेशले आफ्नै विश्वविद्यालय स्थापना गर्न अध्ययन गरेको थियो । उच्च शिक्षाको विकासको लागि विश्वविद्यालय स्थापना गर्न आवश्यक भएपछि प्रदेश सरकारले प्रदेशमा अध्ययन गरेर यो विधेयक ल्याएको हो ।
विश्वविद्यालयका प्राध्यापक युवराज सङ्ग्रौलाले प्रदेशमा चार प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएका थिए ।