Home समाचार मकवानपुर प्रहरीको महिला सेवा केन्द्रलाई सहयोग

मकवानपुर प्रहरीको महिला सेवा केन्द्रलाई सहयोग

हेटौंडाः राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार मकवानपुर प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरकी संयोजक आरती पाठकले महिला सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक चुँडा खड्कालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने गरी जिल्ला प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको छ ।

Exit mobile version