हेटौंडाः बागमती प्रदेश सभाको बजेट अधिवेशन केही बेरपछि सुरु हुँदैछ । प्रदेश सभाका कर्मचारीहरुको अहिले एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण भइरहेको छ ।

प्रदेश सभामा भएका १९ कर्मचारी मध्ये सबैकोे परीक्षण हुनेछ । यस्तै प्रदेश सभा बैठकमा भाग लिन आउने सदस्यहरुको पनि ऐन्टिजेन विधिबाट कोभिड परीक्षण हुनेछ । उनीहरुको रिपोर्ट पोजेटिभ आए बैठकमा प्रवेश नपाउने प्रदेश सभा सचिवालयका प्रवक्त विनोद अमात्यले जानकारी दिनुभयो ।