हेटौंडाः बागमती प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठक अहिले ३ बजे बस्दैछ । पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी पठाएको पत्र सभामुखले पढेर सुनाउनुहुनेछ ।

दलका नेताहरुले बजेट अधिवेशनको शुभकामना दिनेछन् भने बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्तको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन समितिका सभापति न्हुक्षे नारायण श्रेष्ठले सभामा पेश गर्ने र प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनको शोक प्रस्ताव पेश हुने कार्यतालिका छ ।