हेटौंडाः शुक्रबार र शनिबार स्वाब संकलन गरिएको ९३ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले विवरण सार्वजनकि गर्दै २७ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।

जसमा मनहरीका २ जना, ठेगाना नखुलेको ३ जना जिल्ला बाहिरका १ जना र अन्य सबै हेटौंडा उपमहागनर रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका ४९ जनामध्ये ५ जना बालबालिका छन् ।