हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ ५ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । ललितपुरको जावलाखेलमा रहेको प्रदेश सुशासन केन्द्रमा बैठक बस्ने तय भएको छ ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट, कोभिड रोकथाम मुख्य एजेन्डा रहेको एमाले बागमती प्रदेशसभा मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।