सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत विरामी र कार्यरत स्वास्थ्यकर्मीका लागि दैनिक ३० लिटरका दरले दुध उपलब्ध गराउन सुरु गरेको छ । बिहीबारदेखि दैनिक दुध उपलब्ध गराउन सुरु भएको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य प्रताप विष्टले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमित विरामीका लागि पोषण प्राप्त हुने तथा उपचाररत स्वास्थ्यकर्मीलाई पनि प्रोत्साहित गर्न सहकारीको हेटौंडास्थित सेवा केन्द्रमार्फत सहयोग गरिएको विष्टको भनाइ छ । दैनिक ३० लिटरका दरले एक महिनाका लागि सहयोग गरिएको जानकारी गराउनुहुँदै विष्टले भन्नुभयो, ‘आवश्यक भयो भने एक महिनापछि पनि थप सहयोग गर्नेछौं ।’