हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमित व्यक्ति मंगलबार डिस्चार्ज भएका छन् । एक सातादेखि १७ दिनसम्मको उपचारपछि श्वासप्रश्वासको अवस्था सहज भएका १० जना मंगलबार डिस्चार्ज भएका हुन् ।

यसैबीच डिस्चार्ज हुने हेटौंडा–५, पिप्लेका ४५ वर्षीय पुरुषको परिवारले हेटौंडा अस्पताललाई १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन खरिद गर्नका लागि उक्त रकम सहयोग गरिएको बताइएको छ । हेटौंडा अस्पतालमा ५६ जना कोरोना संक्रमित उपचाररत छन् ।