सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको ज्योति प्राविमा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान ३ नम्बर वडाको जलजलेको ज्ञान ज्योति प्राविको परिसर भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शव जलजलेका स्थानीय दिपक वाईवाको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको छ भने शवलाई पोस्टमर्टमको लागि हेटौंडा ल्याईएको छ ।