हेटौंडाः ३७ वर्षीया छोरी कोभिड–१९ संक्रमणबाट मृत्यु भएको ११ औं दिनमा ६५ वर्षीय बाबुको पनि मृत्यु भएको छ । हेटौंडा–४ का ६५ वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर हेटौंडा अस्पतालको आइसियुमा उपचाररत पुरुषको सोमबार दिउँसो मृत्यु भएको हेटौंडा अस्पतालको कोभिड वार्डका ईन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ । ११ दिन अघि छोरीको पनि हेटौंडा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।