हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिरमा रहेको स्वाब संकलन केन्द्रबाट सोमबार बिहान १ सय ५३ जनाको स्वाब नमूना संकलन भएको छ ।
कोरोनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाउने तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यसअघि हेटौंडामा दैनिक १ सय ५० जनाभन्दा बढीको स्वाब नमूना संकलन गरिदै आएको छ ।