हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बैठकले आज ४ बुँदे निर्णय थप गरेको छ ।

बैंकहरुमा सामाजिक सुरुक्षा भत्ता लिन आउनेको संख्या वृद्धि भएसँगै सम्बन्धी वडाअध्यक्षहरुले सामाजिक सुरक्षाभत्ता घरघरमै पुर्‍याइदिने व्यवस्था गर्ने निर्णय भएको छ ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु बिहान १० बजेदेखि ३ बजेसम्म संचालन गर्ने, सवारी मर्मत वर्कसप पनि बिहान १० बजेदेखि ३ बजेसम्म संचालन गर्ने तथा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा २/२ वटा अटो एम्बुलेन्स संचालन गर्ने निर्णय भएको छ । निर्णयहरु मंगलबारबाटै लागू हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।