Home मुख्य समाचार आइतबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९० सवारी साधन प्रहरी कारबाहीमा

आइतबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९० सवारी साधन प्रहरी कारबाहीमा

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार जिल्लामा निषेधाज्ञा अटेर गरेर चलाएको ९० सवारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायव उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल÷स्कुटर ५६ वटा, अटो १० वटा, ट्रक १५ वटा, कार २ वटा र बस ७ वटा गरी जम्मा ९० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा अटेर गरी पसल संचालन गर्ने २ जना पसल संचालक लाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यरक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको छ ।

Exit mobile version