फेससिल्ड वितरण गर्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ।

हेटौंडाः निजी अस्पताल सञ्चालकहरुको साझा संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) मकवानपुरले फ्रन्टलाइनमा खटिने व्यक्तिका लागि प्रयोग गर्न फेससिल्ड सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत बुधबार सम्बन्धित संस्थालाई ४ सय थान फेससिल्ड हस्तान्तरण गरिएको छ ।

अफिन मकवानपुरका अध्यक्ष विष्णुगोपाल महर्जनका अनुसार कोरोना भाइरसको संक्रमणको समयमा नागरिकको उपचार तथा सुरक्षामा खटिने व्यक्तिको सुरक्षामा सहयोग पुग्ने अपेक्षासहित फेससिल्ड वितरण गरिएको हो । अफिन मकवानपुरका अध्यक्ष विष्णुगोपाल महर्जनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, हेटौंडा नगरमा रहेका ५ वटा निजी अस्पताल, गौरिटार आइसोलेसन वार्डका लागि फेससिल्ड वितरण गर्नुभएको हो ।