हेटौंडाः मकवानपुरमा कोभिड–१९ का कारण २ पुरुषको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत मकवानपुरगढी–५ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिनुभयो ।
यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अस्पतालको कोभिड–१९ उपचार कक्षमा गम्भिर प्रकृतीका कोभिड–१९ संक्रमितहरुलाई मात्रै भर्ना गरिदै आएको छ । आइतबार देखि आजसम्म ६ जनाले कोभिड–१९ उपचार कक्षमा ज्यान गुमाएका हुन् । सोही अवधिमा ७ जना संक्रमितहरु कोभिड–१९ उपचार कक्षबाट डिस्चार्ज भएका छन् ।
यस्तै मकवानपुरको मनहरीमा गएराति एक पुरुषको मृत्यु भएको छ । सोमबार हेटौंडा आएर स्वाब दिएर घरमै बसेका ६० वर्षका पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनी मुटसम्बन्धी दिर्घरोगी रहेको गाउँपालिककाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिएका छन् ।