हेटौंडाः भूमिसुधार तथा मालापोत कार्यालय हेटौंडाबाट प्रवाह हुने सबै सेवाहरु बन्द हुने भएको छ । बिहीबारबाट मालपोत कार्यालय मकवानपुरको सेवा बन्द हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
नागरिकलाई दिईने सेवाहरु बन्द भएपनि कार्यालयको आन्तरिक कार्य संचालन हुने उहाँको भनाई छ । कोरोना संक्रमणको जोखिम र भीडभाड बढेकोले कार्यालयको सेवाहरु बन्द गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।