क्लबको अध्यक्ष चयन हुनुभएका राजेन्द्र पोखरेल ।

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको अध्यक्षमा राजेन्द्र पोखरेल चयन हुनुभएको छ । आइतबार बसेको क्लबको बैठकले पोखरेललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा गंगाकुमारी चौलागाई, द्वितीय उपाध्यक्षमा विवेक मानन्धर, तृतीय उपाध्यक्षमा सकुल कुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै क्लबको सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा शान्ता बराल, सहसचिवमा बासुप्रसाद ढुंगेल र सहकोषाध्यक्षमा मनोज सुवेदी चयन हुनुभएको छ । क्लबका अध्यक्ष भानुभक्त थपलियाको अध्यक्षतामा बसेको बैठकमा क्लबका पूर्वअध्यक्ष गणेशकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सामाजिक सेवाभावले विश्वव्यापीरुपमा स्थापित लायन्स क्लबको सदस्य संस्थाको रुपमा लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुल स्थापित भएको हो । नवनियुक्त अध्यक्ष राजेन्द्र पोखरेलले सामाजिक सेवाको क्षेत्रमा क्लबलाई क्रियाशील गराउने बताउनुभएको छ ।