मकवानपुर प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई मास्क हस्तान्तरण गर्नुहुँदै औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठ ।

हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुर प्रहरीलाई मास्क सहयोग गरेको छ । सर्वसाधारणलाई मास्कको प्रयोग गर्न सचेतना अभिवृद्धि गर्नुका साथै मास्क नलगाउने सर्वसाधारणलाई निशूल्क मास्क वितरण गर्दै आएको प्रहरीलाई सोमबार औषधी व्यवसायी संघले मास्क सहयोग गरेको हो ।

औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई मास्क हस्तान्तरण गर्नुभएको हो । प्रहरी कार्यालयमै पुगेर व्यवसायीले मास्क हस्तान्तरण गरेको हो ।