जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष धुव्र चौलागाई ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट हेटौंडामा चल्ने निजी सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । बजार क्षेत्रमा मानिसहरुको अत्याधिक भिडभाड बढेको र त्यसले जोखिम बढाउन सक्ने भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हेटौंडामा सञ्चालन हुने निजी सवारीहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

तर मानिसको भिडभाड कम गर्न सवारीमा जोर विजोर प्रणाली लागू गर्दा एउटै सवारीमा धेरै मानिस चढ्नु पर्ने बाध्यता हुने भएकोले झनै भिडभाड हुने र जोखिम पनी बढ्ने जनसरोकार केन्द्र मकवानपुरले जनाएको छ ।

‘धेरै सवारी साधन चलाएर हुने वायु प्रदुषण कम गर्न जोर विजोर प्रणाली लागू गर्ने कुरा ठिक हुने तर भिडभाड कम गर्न सवारीमा जोर बिजोर लगाउने भन्ने कुरा गलत हुन्छ।’ जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष धुव्र चौलागाईले भन्नुभयो । उहाँले हेटौंडामा चल्ने सवारीमा जोर बिजोर लागू गर्ने सम्बन्धमा सबै कुराको अध्ययन अनुसन्धान गरेर मात्र निर्णय गर्न सम्बन्धित निकाय जिल्ला प्रशासनलाई अनुरोध समेत गर्नुभएको छ ।