सबै कुरा बिर्सिन सक्दिन
चुपचाप लागेर बस्न पनि सक्दिन
जे गरे पनि म एउटा पृथ्वी हो
मेरो कर्तव्य पूरा गर्न
नियमित परिक्रम गर्नुपर्छ
त्यो घुम्ने क्रममा
वर्षमा एक दिन नयाँ वर्ष भेटिन्छ ।।
कोही भकान्निएर रुन्छन्
कोही खुशी भएर हाँस्छन्
म दैनिक एक फन्को नाच्छु
यही क्रममा एक वर्ष बित्छ
सूर्यको फन्को पछि
नियतिको नियमितमा पूरा हुन्छ ।।
मेरो अँगालो भित्र
अनेकौँ जातजाति र धर्म छन्
हिन्दू,बुद्ध्र,इस्लाम र क्रिश्चियन
कस्ले बुझ्न सक्छ मेरो हिँडाइलाई
कति दृष्य छन्
कति अदृष्य छन् ।।
मेरो कोखबाट
राम र कृष्ण मात्र होइन
रावण र कंश पनि जन्मिए
कुन आमाले बुझ्न सक्छिन्
कोख भित्रको कुरा
म दुई कोण भित्रको सदावहार
म पृथ्वी हो
सूर्यको एक फन्को लाए पछि
नयाँ वर्ष भेट्टाउने ।।।