हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको १२ औं क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ । हेटौंडा क्पाम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा बागमती प्रदेश सभा सदस्य प्रेम पुलामीले कोरोना भाइरस संक्रमण देखाउँदै सरकारले शैक्षिक संस्था बन्द गर्नु गतल रहको दाबी गर्नुभयो । सरकारले नेपालमा सामुदायिक विद्यालय कति छ ? जुन भौतिक दुरीबाट पठनपाठन नगरी भर्चुअलल माध्यमबाट पढ्न सकिन्छ भन्ने जानकारी नगरेकोमा उहाँले दु:ख व्यक्त गर्नुभयो ।

अध्यक्षको प्रतिवेदन क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलले प्रस्तुत गर्नुभएको थियो । यसैगरी क्याम्पसको कोषाध्यक्षको प्रतिवेदन कमानसिंह पाख्रिनले र विभिन्न उपसमितिका प्रतिवेदन उदिप कोइरालाले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिसत थियो ।