रेक्नाइज तेक्वान्दो डोजाङलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै रविकृष्ण नकर्मी ।

हेटौंडाः हेटौंडा–४, हुप्रचौरका व्यवसायी रविकृष्ण नकर्मीले आफ्नो जन्मदिनको अवसरमा खेलक्षेत्रलाई सहयोग गर्नुभएको छ । बिहीबार परेको जन्मदिनको अवसरमा नकर्मीले हेटौंडा फुटबल एकेडेमी र रेक्नाइज तेक्वान्दो डोजाङलाई ५/५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा नकर्मीले खेलमैदानमै पुगेर फुटबल एकेडेमी र तेक्वान्दो डोजाङका सञ्चालकलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पछिल्लो समय हेटौंडामा जन्मदिन, विवाह वर्षगाँठ तथा विभिन्न सुखद् अवसरमा खेलक्षेत्रको विकासमा नगद तथा जिन्सी सहयोग गर्ने क्रम बढेको छ ।