रक्तदान गर्नुहुँदै नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल (बीचमा) ।

हेटौंडाः नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७२ औं वार्षिकोत्सवको अवसरमा बिहीबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । हेटौंडास्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले रक्तदान गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता केदार न्यौपाने, श्रीधर पोखरेल, विष्णु ढकाल लगायतको उपस्थिति रहेको थियो ।