प्रहरी निरीक्षक रोशन थापा

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको सार्वेत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रदेश प्रहरी कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा थापालाई चैत महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरेको जनाएको छ ।

प्रहरी निरीक्षक थापालाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गरेको, टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण गरेको जनाइएको छ ।

यस्तै थापाले प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रहरी दर्पण कार्यक्रम प्रसारणको व्यवस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मूल्यांकन गर्ने कार्यमा अहम् जिम्मेवारी निर्वाह गरेको महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मूल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयले कार्यविधि नै बनाएर उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।