जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगितबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । फाइल तस्वीर ।

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बिहीबारदेखि आयोजना हुने भनिएको प्रथम अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाका अनुसार कोरोना भाइरस संक्रमणको दर बढ्दै गएकाले बुधबार बिहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको सहभागिता निश्चित भइसकेको थियो ।