Home मुख्य समाचार नेकपा एमाले माधव नेपाल समूह मुनु सिग्देलको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन

नेकपा एमाले माधव नेपाल समूह मुनु सिग्देलको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन

हेटौंडाः नेकपा एमालेको माधव नेपाल समूहले मुनु सिग्देलको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरेको छ । आइतबार हेटौंडामा भएको भेलाले जिल्ला कमिटी पुनर्गठन गर्दै उपाध्यक्षमा बद्रि लम्साल, सचिवमा विष्णु ढकाल र उपसचिवमा मिना लामालाई चयन गरेको छ ।

जिल्ला अधिवेशनबाट अध्यक्ष्ँ निर्वाचित हुनुभएकी मुनु सिग्देल माओवादी केन्द्रसँग एकीकरणको क्रममा पनि पार्टी नेतृत्वमा हुनुहुन्थ्यो । मुनु सिग्देल नेतृत्वको नेकपा एमाले मकवानपुरमा सचिवालय र जिल्ला कमिटी सदस्य पनि थप भएको बताइएको छ । केही विभागहरुमा पनि हेरफेर भएको बताइएको छ ।

आइतबारको बैठकले नेकपा एमाले मकवानपुरले मकवानपुरका सवै पालिका र वडामा आगामी जेठ १५ भित्र भेलाको आयोजना गरी कमिटी पुनर्गठन गर्ने निर्णय भएको एक नेताले बताएका छन् । यस्तै जनवर्गीय संगठनको पनि भेला र कमिटी पुनर्गठन गरिने बताइएको छ । यता नेकपा एमाले ओली पक्षले एकालाल श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी घोषणा गरेको छ ।

Exit mobile version