Home मुख्य समाचार मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठकमा ठूला दल नै सहभागि भएनन्

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठकमा ठूला दल नै सहभागि भएनन्

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठकमा ठूला दलहरु नै सहभागि भएनन् । ललिपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आज बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा दलले सहभागिता नजनाएको नेकपा एमाले संसदीय दलका नेता केशवराज पाण्डले जानकारी दिनुभयो ।

सर्वदलीय बैठक के को लागी थाहा नभएको नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताउनुभयो । सदन चलाउने विषयमा त्यति गम्भिर नदेखिएको तर सर्वदलीय बैठक बोलाइएको भन्दै उहाँले सहभागिता नजनाएको जानकारी दिनुभयो । यता विवेकशील साझा दलको नेता रमेश पौडेलले भने बैठकमा उपस्थित हुन जानकारी आएको तर बैठकको एजेन्डा बारे नै थाहा नहुँदा सहभागिता नजनाएको बताउनुभयो ।

सर्वदलीय बैठकमा राप्रपा, नेपाल मजदुर किसान पार्टी र एमाले पार्टीको मात्र सहभागिता थियो । बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल नै नभएको बैठकमा सहभागि राप्रपाकी प्रदेश सभा सदस्य रीता माझिले बताउनुभयो । उहाँले प्रदेश सभाको सदन राम्रोसँग चलाउनुपर्नेमा जोड दिनुभयो यस्तै आज बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले धेरै भिडभाड हुने कार्यक्रम रोक्नुपर्ने र नागरिकलाई पनि भिडभाड हुने कार्य गर्न दिन नहुने निष्कर्ष निकालेको छ । बैठकमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version