Home मुख्य समाचार ३५ औं दिनमा हेटौंडा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृतको हाजिरी

३५ औं दिनमा हेटौंडा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृतको हाजिरी

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत ग्रहण गर्नुहुँदै शिवराज चौलागाई ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न सहसचिव शिवराज चौलागाई आउनुभएको छ । उपसचिवबाट सहसचिवमा बढुवा हुनुभएका चौलागाईले सोमबारदेखि जिम्मेवारी सम्हाल्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको ३५ औं दिनमा शिवराज चौलागाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्न आइपुग्नु भएको हो ।

गत फागुन २६ गते प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेको सरुवा भएपछि एक महिनाभन्दा बढी समयदेखि हेटौंडा उपमहानगर प्रमुख प्रशासकीय अधिकृतविहिन थियो । प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा उपमहानगरपालिकाको आर्थिक कारोबार प्रभावित हुनुका साथै नगर क्षेत्रका शिक्षकहरुले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । सोमबार उपमहानगरका कर्मचारीले चौलागाईलाई स्वागत गरेका छन् ।

Exit mobile version